एन्फाले माग्यो मुख्य प्रशिक्षकका लागि दरखास्त

सुर्खेत । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।

एन्फाले बिहीबार प्रो लाइसेन्स प्राप्त एक मुख्य प्रशिक्षकसहित विभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो । यस्तै एन्फाले टेक्निकल डिरेक्टरका लागि समेत दरखास्त आह्वान गरेको छ । एन्फाले फाइनान्स डिरेक्टर, हेड अफ प्रोकुरेमेन्ट, जुनियर एकाउन्टेन्ट र सिभिल इन्जिनियरको पनि दरखास्त आह्वान गरेको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गत भदौमा राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन छ । नेपालले बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेल कार्यबाहक प्रशिक्षक प्रदिप हुमागाई र पाकिस्तान विरुद्धको मैत्रीपूर्ण कार्यबाहक प्रशिक्षक प्रवेश कटुवालको नेतृत्वमा खेलेको थियो ।