सीके राउतलगायतले मधेशी भाषामा शपथ लिएपछि संसद् सचिवालयलाई स्पष्टीकरण


सुर्खेत । मधेशी आयोगले डा। चन्द्रकान्त (सीके) राउतसहित केही प्रतिनिधि सभा सदस्यलाई कुन आधारमा मधेशी भाषामा शपथ लिन मान्यता दिएको भनी सङ्घीय संसद् सचिवालयलाई स्पष्टीकरण सोधेको छ ्र

हिजो बिहीवार संसद् भवनमा सीके राउतसहित केही प्रतिनिधि सभा सदस्यले भाषा आयोग तथा मधेशी आयोगद्वारा सूचीकृत नरहेको ुमधेशी भाषाु मा शपथ लिएको भन्दै आयोगमा उजुरी परेको थियो । ती उजुरीप्रति गम्भीर ध्यानाकर्षण भएको तथा त्यो भाषामा शपथ लिन संसद् सचिवालयले कुन आधारमा मान्यता दिएको भन्दै आयोगकी उपसचिव सविता डङ्गोलले स्पष्टरूपमा जानकारी गराउन सङ्घीय संसद् सचिवालयलाई पत्र पठाएकी छन् ।

आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले शपथ ग्रहण समारोहपछि दर्जनौँ सङ्घ–संस्थाले फोन सम्पर्क गरी मधेशी भाषा औपचारिकरूपमा सूचीकृत नरहेको र त्यो भाषामा शपथ लिनुले अन्य विद्यमान भाषामाथि नकारात्मक प्रभाव पर्ने हुनाले यसमाथि आवश्यक कारबाही गर्न आग्रह गरेको बताएका छन् ।