नागरिकता खुकुलाे बनाउन याे विधेयक ल्याइएकाे हाेइन : गृहमन्त्री खाण

काठमाण्डौ । गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक नागरिकता प्राप्त गर्नका लागि खुकुलो बनाउन नल्याइएको बताएका छन् ।

आज सोमवार राष्ट्रिय सभामा नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खाणले यस्तो बताएका हुन् । उनले संविधान अनुकूल नै नागरिकता संशोधन विधेयक ल्याएकोले आशङ्का नगर्न सांसदहरूलाई आग्रह गरे । गृहमन्त्री खाणले नागरिकता ऐन पनि आवश्यकताअनुसार परिष्कृत हुने भन्दै नेपाली नागरिकलाई व्यवस्थित गरेर दिनका लागि संशोधित ऐन ल्याइएको बताए ।

मन्त्री खाणले झन्डै ६ लाखभन्दा धेरै नागरिकले नागरिकता नलिएका कारण विभिन्न सेवाबाट वञ्चित हुनुपरेको उल्लेख गरे ।