जङ्गली हात्तीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु


सुर्खेत । चितवनमा जङ्गली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२८ अन्द्रौलीका ७१ वर्षीया भागिरथी सुवेदीको मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले हिजो बेलुका घर वरिपरि नै आक्रमण गरेको थियो ।

आक्रमणबाट घाइते भएकी सुवेदीलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो ।