
सुर्खेत । पेरुका पूर्व राष्ट्रपति पेड्रो क्यास्टिलोमाथि महाअभियोग लगाइएपछि उपराष्ट्रपति डिना बोलुआर्टेले नयाँ राष्ट्रपतिका रूपमा शपथ लिनुभएको छ । योसँगै दक्षिण अमेरिकी देश पेरुले पहिलो पटक महिला राष्ट्रपति पाएको छ ।
पेरुको संसद्ले राष्ट्रपति क्यास्टिलोलाई पदबाट हटाउने पक्षमा मतदान गरेको र बोलुआर्टेलाई उपराष्ट्रपतिबाट राष्ट्रपतिका रूपमा चयन गर्ने निर्णय गरेको थियो ।
सांसदलाई पहिलो सम्बोधन गर्दै डिना बोलुआर्टेले पेरुका पूर्वराष्ट्रपति पेड्रो क्यास्टिलोले बुधवार संसद् विघटन गर्ने निर्णयको आलोचना गरेका छन् ।
बोलुआर्टेले ‘एकताको सरकार’ गठनका लागि राजनीतिक युद्धविरामका लागि सांसदलाई आग्रह गर्दै शासन सञ्चालनका लागि व्यापक संवादका लागि आह्वान गर्ने बताए ।
पेड्रो क्यास्टिलोले विधायिका भङ्ग गर्ने र आपत्कालीन सरकार गठन गर्ने घोषणा गरेको केही समयपछि पेरुको संसद्को बहुमतको निर्णयले उनलाई हटाएर उपराष्ट्रपतिलाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।

फरकबाटो २२ मंसिर २०७९, बिहीबार २०:४२