अछाममा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

सुर्खेत । अछाममा बँदेलको आक्रमणमा परि एक जनाको ज्यान गएको छ । जिल्लाको मेल्लेख गाउँपालिका – ६ शोषशाका ४० वर्षीय केशर बोहराको ज्यान गएको हो ।

उनलाई शनिबार बिहान घर नजिकै बँदेलले आक्रमण गरेको हो । बँदेलको आक्रमणबाट घाइते बोहराको उपचारको क्रममा बयालपाटा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

मृतक बोहरा मेल्लेख गाउँपालिकाको कार्यलयमा सहयोगी पदमा कार्यरत रहेका थिए ।