सुर्खेत । डलरको भाउ अहिलेसम्मकै उच्च रहेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको खरिद दर १ सय ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ८ पैसा तोकेको हो ।
अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । विश्वबजारमा अमेरिकी डलरको भाउ उच्चबिन्दुमा पुगेसँगै नेपाली मुद्राको मूल्य अवमूल्यन भएको हो ।
विश्वका प्रमुख मुद्रासँग तुलना गर्दा अमेरिकी डलर दुई दशकयताकै शक्तिशाली बनेको छ । यसले विश्वभरिको व्यापार र आन्तरिक कारोबारलाई समेत असर पार्नेछ । आयात गर्ने सामग्रीका लागि थप महँगो पर्छ ।
फरकबाटो २ कार्तिक २०७९, बुधबार १०:१०