बिसौं वर्ष पुराना पार्टीलाई उछिन्दै स्वतन्त्र पार्टीले लियो समानुपातिकमा चौथो स्थान

सुर्खेत । बिसौं वर्ष पुराना पार्टीहरुलाई उछिन्दै रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फ चौथो स्थान लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले जम्मा ८ लाख ५८ हजार ५ सय ४१ मत ल्याएको हो ।

पहिलो बनेको नेकपा एमालेले २० लाख ९२ हजार ८ सय ९०, दोस्रो बनेको नेपाली काँग्रेसले २० लाख २० हजार ८ सय ५६ र तेस्रो बनेको नेकपा माओबादी केन्द्रले ८ लाख ९२ हजार ६ सय ३२ मत ल्याएको हो ।

प्रदेश सभामा उम्मेदवारी नदिएको स्वतन्त्र पार्टीले प्रतिनिधि सभातर्फ ७ सिट जितिसकेको छ भने १ ठाउँमा अग्र स्थान लिएको हो ।