एमालेका गोकर्ण विष्ट  गुल्मी क्षेत्र नम्बर २ बाट निर्वाचित

सुर्खेत । नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई हराउँदै गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट निर्वाचित भएका छन् ।

बिष्ट तेस्रो पटक सांसद भएका हुन् । बिष्टले २८ हजार ४ सय ७६ मत पाउँदा झाँक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरेकी थिइन् । बिष्टले २०३४ मतको अग्रतासहित जित हात पारेका हुन् ।

बिष्टले २७० र २०७४ को चुनाव पनि जितेका थिए ।