डडेलधुरामा देउवा र सागर ढकालको मतान्तर कति ?

सुर्खेत । डडेल्धुरामा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ ।

देउवा उम्मेदवार बनेको डडेल्धुराको २ हजार ९ सय ५६ मतगणना हुँदा देउवाले १ हजार ४ सय ४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले ७ सय ३० र नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले ५ सय २७ मत प्राप्त गरेका हुन् । सागर ढकाल र देउवाको मतान्तर ६ सय ७४ रहेको छ ।