कतार विश्व कप फुटबलको तयारी अन्तिम चरणमा – रङ्गशालाभित्र जाँडरक्सी प्रतिबन्ध

सुर्खेत । कतारमा हुने फिफा विश्व कप फुटबलको तयारी अन्तिम चरणमा पुगेको छ । फिफा विश्व कपको २२औँ संस्करण आयोजनाको जिम्मेवारी पाएको कतारले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। विश्व कप भोलिदेखि सुरु हुँदैछ । १२ वर्षअघि आयोजनाको जिम्मेवारी पाएको कतारले पहिलो पटक विश्व कप खेल्दैछ ।

यो विश्व कपमा ३२ देश सहभागी हुँदैछन् । कतारले निर्माण गरेका ८ वटा रङ्गशालामा खेल हुनेछन् । फिफाले खेल हुने ८ वटा रङ्गशालामा जाँडरक्सीको बेचविखन नहुने जनाएको छ । तर रङ्गशालाको कर्पोरेट क्षेत्रमा रहनेहरूले जाँडरक्सी किन्न सक्नेछन् ।