जाजरकोटमा काँग्रेसको सर्वसम्मत नेतृत्व चयन

 

जाजरकोट ।  नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जाजरकोटमा सर्वसम्मत नेतृत्व चयन भएको छ । जिल्ला र प्रदेश निर्वाचन क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

 जिल्ला सभापतिमा बेदराज सिंह चयन भएका हुन् । जिल्ला कार्यसमितिको उपसभापतिमा खडक विसी र रत्न खड्का, सचिवमा हरिचन्द्र बस्नेत र तेजविक्रम शाह चयन भएका छन् भने उपसचिवमा छवि पन्त चयन भएका छन् ।

प्रदेश सभा निर्वाचन क्षेत्रअन्तर्गत (क) मा लिलाबहादुर शाह र (ख) मा जनकराज शर्मा चयन भएका हुन् ।