जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट दिइने अत्यावश्यक  बाहेकका सेवा ५ गतेसम्म स्थगन


सुर्खेत । आजदेखि जिल्ला प्रशासन कार्यालयबाट दिइने अत्यावश्यक बाहेकका सेवा मंसिर ५ गतेसम्मका लागि स्थगन गरिएको छ ।

मंसिर ४ गते हुने निर्वाचनका लागि कार्यालयका कर्मचारीहरु खटिनुपर्ने भएकोले शान्ति सुरक्षा र विपद् व्यवस्थापन बाहेकका सेवा स्थगन गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

आजदेखि मंसिर ५ गते सम्मका लागि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगाएतका सेवाहरु स्थगन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र बहादुर मल्लले जानकारी दिए ।