प्रिमियर लिगमा न्युक्यासलसँग चेल्सी १–० गोलले पराजित

काठमाण्डाै । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा चेल्सीलाई न्युक्यासलले हराएको छ ।

चेल्सी न्युक्यासलसँग १–० गोलले पराजित भएकाे हाे । जितसँगै न्युक्यासलको १५ खेलमा ३० अङ्क भएको छ । न्युक्यासल अङ्क तालिकाको तेस्रो स्थानमा छ ।

त्यस्तै, लिभरपुलले साउथ ह्याम्पटनलाई ३–१ गोलले हराएको छ । जितसँगै लिभरपुलको १४ खेलमा २२ अङ्क भएको छ । लिभरपुल छैटौँ स्थानमा छ । अर्को खेलमा टोटनह्याम लिड्स युनाइटेडलाई ४–३ गोलले हरायो। १५ खेलमा २९ अङ्क रहेको टोटनह्याम अङ्क तालिकाको चौथो स्थानमा छ  ।

अरु खेलमा बर्नमाउथले एभर्टनलाई ३–०, नटिङ्घम फरेस्टले क्रिस्टल प्यालेसलाई १–० तथा लेस्टर सिटीले वेस्टह्यामलाई २–० गोलले हराएको छ  ।