युएईसँगको सिरिजका लागि नेपालको टिम घोषणा

काठमाडौं । युनाईटेड अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय अन्तराष्ट्रिय सिरिजका नेपालको टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरेको हो ।

हरिशंकर साह पहिलो पटक राष्ट्रिय टिममा अटाएका छन् । मधेश प्रदेशका हरिशंकरले पीएम कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपालले युएईसँग तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने छ ।

पहिलो एकदिवसीय नोभेम्बर १४ मा हुनेछ । यस्तै दोस्रो एकदिवसीय नोभेम्बर १६ र अन्तिम तथा तेस्रो एकदिवसीय नोभेम्बर १८ मा हुनेछ ।

नेपालको टिम :

रोहित पौडेल, ज्ञानेन्द्र मल्ल,करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्र सिंहे ऐरी, आसिफ शेख, भिम सार्की,कमल सिंह ऐरी, सागर ढकाल, हरिशंकर साह, आदील आलम, अर्जुन साउद, गुलसन झा