प्रधानमन्त्री कप : दोस्रो सेमिफाइनलमा आज त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब खेल्दै

काठमाण्डाै । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । काठमाण्डौको कीर्तिपुर मैदानमा फाइनल पुग्न दुई वटा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच खेल हुँदैछ । खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।

आर्मी समूह ‘ए’ को उपविजेता तथा पुलिस ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । आजको विजेताले उपाधिका लागि एपीएफ क्लबसँग खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा मधेस प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफ फाइनलमा पुगेको छ । फाइनल खेल भोलि हुनेछ ।

प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् ।