इंग्ल्यान्ड र भारत भिड्दै, कुन टोली फाइनल पुग्ला ?

काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकपमा आज बिहीबार दोस्रो सेमिफाइनल खेल हुँदैछ ।

दोस्रो सेमिफाइनलमा पूर्व च्याम्पियन दुई टोली भारत र इंग्ल्यान्ड भिड्दै छन् । एडिलेट ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो १:४५ मा सुरु हुनेछ ।

आज इंग्ल्यान्डलाई पराजित गर्दै भारत तेस्रो पटक विश्वकपको फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ । २००७ को पहिलो संस्करणको टी-ट्वान्टी विश्वकपको च्याम्पियन भारत २०१४ को विश्वकपमा पछिल्लो पटक फाइनलमा पुगेको थियो ।

यता, भारतलाई पराजित गर्दै इंग्ल्यान्ड तेस्रो पटक फाइनल पुग्न चाहन्छ । २०१० को तेस्रो संस्करणको टी-ट्वान्टी विश्वकपको च्याम्पियन इंग्ल्याण्ड २०१६ को विश्वकपमा फाइनल पुगेको थियो ।

दुवै टोलीले सिधै सुपर १२ मा स्थान बनाएका थिए ।  इंग्ल्यान्डले अफगानिस्तानलाई ५ विकेटले हराएर सुपर १२ को सुरुआत गरेको थियो । दोस्रो खेलमा आयरल्याण्डसँग डीएल पद्दतीमा ५ रनले पराजित इंग्ल्यान्डले तेस्रो खेल घरेलु टोली तथा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियासँग वर्षाका कारण खेल्न पाएन । चौथो खेलमा न्युजिल्याण्डलाई २० रनले पराजित गरेको इंग्ल्यान्डले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ४ विकेटले हराएको थियो ।

यता, भारतले भने पहिलो खेलमा पाकिस्तानलाई ४ विकेटले पराजित गरि सुपर १२ को यात्रा सुरु गरेको थियो । दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ५६ रनले पराजित गरेको भारत तेस्रो खेलमा दक्षिण अफ्रिकासँग ५ विकेटले पराजित भएको थियो । भारतले चौथो खेलमा बंगलादेशलाई डीएल पद्धतिको आधारमा ५ रनले पराजित गर्यो । भारतले समूह चरणको पाँचौ तथा अन्तिम खेलमा जिम्बाबेलाई ७१ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

यी दुई देशबीच टी-ट्वान्टी अन्तराष्ट्रियमा हालसम्म २२ खेल हुँदा भारत १२ र इंग्ल्याण्ड १० खेलमा विजयी भएका छन् । पछिल्ला पाँच भेटमा भने भारत हाबी भएको छ । भारत चार खेलमा विजयी हुदाँ एक खेलमा इंग्ल्यान्ड विजयी भएको छ ।

विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरि फाइनलमा स्थान बनाईसकेको छ ।  फाइनल खेल आइतबार हुनेछ ।

इंग्ल्यान्ड र भारत भिड्दै, कुन टोली फाइनल पुग्ला ?

काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकपमा आज बिहीबार दोस्रो सेमिफाइनल खेल हुँदैछ ।

दोस्रो सेमिफाइनलमा पूर्व च्याम्पियन दुई टोली भारत र इंग्ल्यान्ड भिड्दै छन् । एडिलेट ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो १:४५ मा सुरु हुनेछ ।

आज इंग्ल्यान्डलाई पराजित गर्दै भारत तेस्रो पटक विश्वकपको फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ । २००७ को पहिलो संस्करणको टी-ट्वान्टी विश्वकपको च्याम्पियन भारत २०१४ को विश्वकपमा पछिल्लो पटक फाइनलमा पुगेको थियो ।

यता, भारतलाई पराजित गर्दै इंग्ल्यान्ड तेस्रो पटक फाइनल पुग्न चाहन्छ । २०१० को तेस्रो संस्करणको टी-ट्वान्टी विश्वकपको च्याम्पियन इंग्ल्याण्ड २०१६ को विश्वकपमा फाइनल पुगेको थियो ।

दुवै टोलीले सिधा सुपर १२ मा स्थान बनाएका थिए ।  इंग्ल्यान्डले अफगानिस्तानलाई ५ विकेटले हराएर सुपर १२ को सुरुआत गरेको थियो । दोस्रो खेलमा आयरल्याण्डसँग डीएल पद्दतीमा ५ रनले पराजित इंग्ल्यान्डले तेस्रो खेल घरेलु टोली तथा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियासँग वर्षाका कारण खेल्न पाएन । चौथो खेलमा न्युजिल्याण्डलाई २० रनले पराजित गरेको इंग्ल्यान्डले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ४ विकेटले हराएको थियो ।