श्रीलङ्काका क्रिकेटर दानुष्का गुणातिलके बलात्कार आरोपमा पक्राउ

श्रीलङ्काका क्रिकेटर दानुष्का गुणातिलके बलात्कार आरोपमा पक्राउ परेका छन् ।

अस्ट्रेलियाको सिड्नीमा उनी पक्राउ परेका समाचार एजेन्सी पीटीआईले जनाएको छ । उनी हिजो पक्राउ परेका हुन् ।

सिड्नी प्रहरीले पनि बलात्कार आरोपमा एक जना पक्राउ परेको जानकारी दिएको छ । तर, नाम भने सार्वजनिक गरेको छैन ।

पीडित महिलाले गएको नोभेम्बर २ तारिखमा आफूमाथि बलात्कार भएको आरोप लगाएकी छिन् । उनीहरुबीच एक डेटिङ एपमार्फत कुराकानी भएको र भेटघाट भएको खबरमा उल्लेख छ ।