काठमाडौं । नेपालले घरेलु मैदानमा तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार टियु क्रिकेट मैदानमा हुने युएईसँगको सिरिजको घोषणा गरेको छ ।

नेपालले आगामी नोभेम्बरमा युएईसँग सिरिज खेल्ने भएको हो । क्यानले खेल तालिका समेत सार्वजनिक गरेको छ ।
पहिलो एकदिवसीय नोभेम्बर १४ मा हुनेछ । यस्तै दोस्रो एकदिवसीय नोभेम्बर १६ र अन्तिम तथा तेस्रो एकदिवसीय नोभेम्बर १८ मा हुनेछ ।

फरकबाटो १५ कार्तिक २०७९, मंगलवार १०:१७