निर्वाचन आयोगविरुद्ध परेका दुई रिटमा आज सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतमा निर्वाचन आयोगविरुद्ध परेका दुई रिटविरुद्ध मंगलबार सुनुवाइ हुँदैछ।

‘नो नट अगेन’ अभियानविरुद्ध आयोगले विज्ञप्ति जारी गरेको विरोधमा र ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.तोसिमा कार्कीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध  दिएको रिटमाथि सुनुवाइ हुन लागेको हो

सोमबार अधिवक्ता अनिल आचार्यले ‘नो नट अगेन’लाई बन्देज गर्नेगरी आयोगले जारी गरेको विज्ञप्ति खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए।  रिटमा संविधानको धारा १७ र १९ को वैयक्तिक तथा प्रेस स्वतन्त्रतासम्बन्धी व्यवस्थाविपरीत आयोगले अभियनाविरुद्ध विज्ञप्ति जारी गरेको दाबी गरिएको छ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कार्कीले आफ्नो उमेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोमबार नै रिट दायर गरेकी हुन्।

मेडिकल काउन्सिलको निर्वाचित पदमा कार्यरत रहेको भन्दै आयोगले उनको उमेदवारी खारेज गरेको थियो।  आयोगको निर्णय पक्षपात पूर्ण भएको भन्दै उनले रिट दर्ता गरेकी हुन्।