
सुर्खेत । रुकुम पूर्वमा सिस्नो टिप्न गएका दुई बालिका मृत अवस्थामा भेटिएपछि दोषीलाई हदैसम्मको कारबाहीको माग गरिएको छ । रुकुमपश्चिमका मानव अधिकारकर्मीहरुले आज एक विज्ञप्ती प्रकाशित गरी दोषीलाई हदै सम्मको कारबाहीको माग गरेका हुन् ।
रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका ३ रन्मामा ११ वर्षीया रिना बुढा मगर र नौ वर्षीया कालिमाया बुढा मगर बिहीवार बिहान मृत अवस्थामा भेटिएका थिए ।
तारामान बुढाका दुई छोरी बुधवार सिस्नो टिप्ने भनी घरबाट निस्किएका थिए । पुथाउत्तरगंगाका उपाध्यक्ष भुपेन्द्रा बुढाका अनुसार उनीहरूले लगाएका गरगहनाहरू लुटपाट गरेपछि हत्या भएको हुन सक्ने अनुमान गरिएको छ ।
सिस्नो टिप्न गएका दिदीबहिनी नफर्किएपछि खोजी गर्दा गाउँ नजिकैको भिरमा मृत अवस्थामा भेटिएका हुन् ।

फरकबाटो २४ चैत्र २०७९, शुक्रबार २०:३१