प्रदेश-१ द्वारा पुलिसलाई १०३ रनको लक्ष्य

काठमाडौं । पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश-१ ले नेपाल पुलिस क्लबलाई १ सय ३ रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको प्रदेश-१ ले ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय २ रन बनायो ।

प्रदेश-१ का लागि निरज मुखियाले २९ रन जोड्दा अंकित सुवेदीले २४ रन बनाए । विवेक आनन्द मेहेताले १७ रन जोडे ।

पुलिसका ललित राजवंशीले ५ विकेट लिए । सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले २/२ विकेट लिए ।