त्रिदेशीय टी–२० शृङ्खला : मलेसियाले पीएनजीलाई १ सय ९७ रनकाे लक्ष्य दियाे

काठमाण्डाै ।  नेपालमा भइरहेकाे त्रिदेशीय टी–२० शृङ्खलामा मलेसियाले पपुवा न्युगिनी (पीएनजी) लाई एक सय ९७ रनकाे लक्ष्य दिएकाे छ ।

त्रिवि क्रिकेट मैदानमा आज शुक्रवार टस हारेर ब्याटिङ गरेकाे मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९६ रन बनायाे । मलेसियाका लागि सइद अजिजले ६४, कप्तान अहमद फैजले ६३ र जुबैदी जुलकिफ्लेले ४६ रन बनाए । बलिङतर्फ पीएनजीका कबुआ माेरेले चार विकेट लिए ।

मलेसिया याे खेलमा विजयी भएमा चार अङ्कसहित फाइनलमा पुग्नेछ । मलेसियाले याे खेल हारे पनि भाेलि शनिवार हुने अन्तिम खेलमा नेपाललाई हराए पनि फाइनलमा पुग्नेछ । पीएनजीलाई भने फाइनलमा पुग्न सहज छैन । आजकाे खेलमा मलेसियालाई ठूलाे अन्तरले हराएर मात्र पुग्दैन, भाेलि नेपालसँगकाे खेलमा मलेसियाले ठूलाे अन्तरले हारेकाे अवस्थामा नेट रननेटकाे आधारमा पीएनजी फाइनलमा पुग्न सक्छ । पीएनजी अहिलेसम्म जीतविहीन छ ।

नेपालले भने यसअघि नै लगातार तीन खेल जित्दै फाइनलमा पुगिसकेकाे छ ।