यस्तो छ आजको मौसम

काठमाडौं । बुधबार देशका धेरै स्थानमा आंशिक बदली भई मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना पनि छ । महाशाखाका अनुसार पहाडी भू–भागमा बिहान आंशिक बदली रहेको छ।

बाँकी भू–भागमा सामान्यतया मौसम सफा छ।  महाशाखाले हाल देशको पहाडी भू–भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको जनाएको छ।

मनसुन बाहिरिएकाले नेपालमा अहिल भारी वर्षा गराउने कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नभए पनि बिहान बेलुका चिसो बढेको छ ।