नवौं राष्ट्रिय खेलकुद : आज कुन खेल कहाँ ?

पोखरा । नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज सोमबार विभिन्न खेलहरु हुँदैछन् । नवौं अन्तर्गत आइतबार ३२ खेलहरु हुने तालिका रहेको छ ।

आइतबार हुने खेलमा एथलेटिक्स पोखरा रंगशाला, ब्याडमिन्टन पोखरा रंगशालाको कभर्ड हल, महिला क्रिकेट पोखरा रंगशाला, पुरुष फुटबल गोस्टेघाट/पोखरा रंगशाला, महिला फुटबल वालिङ, टेनिस पोखरा रंगशाला, बक्सिङ पोखरा रंगशाला, पुरुष भलिबल पोखरा रंगशाला, महिला भलिबल म्याग्दी र सफ्ट टेनिस पोखरा रंगशाला हुनेछ ।

यस्तै स्क्वास पोखरा रंगशाला स्क्वास हल, उसु पोखरा रंगशाला कभर्डहल ,पुरुष बास्केटबल पोखरा रंगशाला, महिला बास्केटबल तनहुँ, आर्चरी पोखरा रंगशाला, शारीरिक सुगठन पोखरा सभागृह र पौडी फिस्टेल एकेडेमी पोखरामा हुनेछ ।

त्यस्तै बुद्दिचाल गोर्खा, टेबल टेनिस कोल्माबाहकोट पोखरा, सेपाकताक्रो महिला/पुरुष नवलपुर कावासोती, भारोत्तोलन उद्योग बाणिज्य संघ पोखरा, सुटिङ काठमाडौँ, साइक्लिङ रानीबन पोखरा, रग्बी महिला/पुरुष भण्डारढिक खेलमैदान पोखरा र कुस्ती गैडाकोट नवलपुरमा हुनेछ ।

नवौं अन्तर्गत नै जिम्न्यास्टिक पोखरा रंगशाला, जुडो प्रदर्शनी हल पोखरा, कबड्डी केसी पोखरा क्याटरिङ, तेक्वान्दो म्याग्दी कभर्डहल, खो खो पोखरा ह्यान्डबल एकेडेमी, आइटिएफ तेक्वान्दो बागलुङ कभर्ड हल, कराते कुश्मा पर्वत, महिला हक्की गण्डकी बोर्डिङ स्कुल र पुरुष हक्की गौरीशंकर खेल मैदान पोखरामा हुनेछ ।