अमेरिकामा एक पुलिस अफिसरसहित पाँच जनाको गोली हानी हत्या भएको छ।

बिहीबार साँझ उत्तरी क्यारोलिना राज्यमा भीडमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा प्रहरी अधिकारीसहित पाँच जनाको ज्यान गएको हो। घटनामा दुई जना घाइते भएको क्यारोलिना राज्यका मेयर मेरीएन बाल्डविनले पत्रकार सम्मेलनमा जानकारी दिए।
उनले गोली प्रहार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन्। अमेरिकामा बन्दुकधारीको आक्रमणबाट हरेक वर्ष ठूलो संख्यामा नागरिकको ज्यान जाने गरेको छ।

फरकबाटो २८ आश्विन २०७९, शुक्रबार ०९:५६