
सुर्खेत । कर्णाली प्रदेशभर एकहप्तामा बाढीपहिरोमा परि ३३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन् । गत असोज १९ गतेदेखी आज २५ गतेसम्म प्रदेशका विभिन्न जिल्लामा गरि ३३ जनाको मृत्यु भएको हो ।
जसमा सबैभन्दा धेरै जुम्ला जिल्लाका नागरिकले ज्यान गुमाएका हुन् । जुम्लामा बाढीपहिरोमा परि ९ जनाले ज्यान गुमाएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
यस्तै मुगुमा ८, कालिकोटमा ४, हुम्लामा ४, जाजरकोटमा ३, डोल्पामा २, सल्यानमा २ र दैलेखमा १ जनाको बाढीपहिरोमा परि मृत्यु भएको हो ।
यस्तै बाढी पहिरोमा परि बेपत्ता हुनेहरुमा कालिकोटमा १९, जुम्लामा २ र दैलेखमा १ जना रहेको प्रहरीको तथ्याँक रहेको छ ।
यस्तै बाढीपहिरोमा परि २१ जना घाइते, प्रदेशर ४ सय ८० परिवार घरक्षती भई बिस्थापित भएको प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरुलाई हेलिकप्टरको सहायतामा उद्धार गरि अस्पतालहरुमा लगिएको र बेपत्ताहरुको खोजी कार्य जारी रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक माधव श्रेष्ठले जानकारी दिए ।

फरकबाटो २५ आश्विन २०७९, मंगलवार १३:४२