अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली विस्फोट, तीन जनाको ज्यान गएको पुष्टि

अफगानिस्तानको राजधानी काबुलमा रहेको एक मस्जिदमा शक्तिशाली विस्फोट भएको छ ।

विस्फाेटमा परेर तीन जनाको ज्यान गएको पुष्टि भएको छ । कयौँ घाइते भएका छन् ।

विस्फाेटमा परेर ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या बढ्न सक्ने काबुल प्रहरीले जनाएको छ । विस्फाेटमा परेर २० जनाको ज्यान गएको र ४० जनाभन्दा धेरै घाइते भएको भनिए पनि पुष्टि हुन भने सकेको छैन । हिजो बेलुका नमाज पढ्ने समयमा मस्जिदमा विस्फाेट भएको बीबीसीले जनाएको छ ।

गएको वर्ष तालिबान सत्तामा आएपछि काबुलमा भएको यो सबैभन्दा ठूलो विस्फाेटको घटना हो । विस्फाेट कसले गरायो भन्नेबारे पुष्टि हुन बाँकी छ ।