
सुर्खेत । प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता भएका छन् । माण्डवी गाउँपालिका ४ फरन्डीमा बमबहादुर बुढा मगरको घर माथिबाट आएको पहिरोले बगाउँदा ६ जना बेपत्ता भएका हुन् ।
पहिरोमा बमबहादुर बुढासहित उनकी श्रीमती, बुहारी र तीन जना बालबालिका बेपत्ता भएको प्रहरीले जनाएको छ ।
पहिरो आउन थालेपछि घरका सामान ओसार्ने क्रममा बमबहादुरका परिवारलाई पहिरोले पुरेको हो । पहिरोले सडक बन्द भएको र खोला बढेका कारण ६ घण्टासम्म पनि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विपद् प्रतिकार्यको उद्धार टोली घटनास्थलसम्म पुग्न सकेको छैन ।

फरकबाटो २१ आश्विन २०७९, शुक्रबार १९:२०