
सुर्खेत । दशैँ नजिकिएसँगै देशभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ ।
गएको वर्षको तुलनामा दशैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ ।
दशैँ सुरु हुनुअघि पेट्रोल २२ लाख लिटर खपत हुने गरेको थियो ।
अहिले पेट्रोलको खपत दैनिक ३५ लाख लिटर पुगेको निगमले जनाएको छ ।

फरकबाटो १५ आश्विन २०७९, शनिबार १४:३०