रचना रिमालको स्वर रहेको गीत ‘मेरो माया लाग्छ कि लाग्दैन’ सार्वजनिक

काठमाडौं । गायिका रचना रिमालको स्वर रहेको गीत ‘मेरो माया लाग्छ कि लाग्दैन’ सार्वजनिक भएको छ । डीपी दाहाल परिश्रमीको शब्द तथा मनोहर सुनामको संगीत रहेको गीत रीता सिंम्खडा दाहालले प्रस्तुत गरेकी हन् ।

आधुनिक शैलीमा निर्माण भएको गीतमा एउटी युवतीले आफूले मन पराएको केटालाई मनमा लागेको कुरा व्यक्त गरेकी छन् । गीतको भिडियोमा भने कमलसिंह र पुजन घिमिरेको अभिनय छ । गुरुआमा फिल्मस् प्रालिले निर्माण गरेको भिडियो स्मृति तिमिल्सिनाले निर्देशन गरेकी हुन् । भिडियोमा प्रकाश धमलाको सम्पादन, सुरेश श्रेष्ठको छायाङ्कन छ ।