नेपालमा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टी

काठमाडौं । नेपालमा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरि १७ हजार ४३७ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टी भएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७७ हजार ४० पुगेको छ ।

त्यस्तै थप एक हजार ४१६ जना संङ्क्रमित कोरोनमुक्त भएका छन् भने थप ४ जना संक्रमितको मृत्यु भएको छ । यसअघि एकैदिन १० हजार बढी संक्रमित देखिँदै आएको थियो।