कर्णालीमा मुख्यमन्त्री शाहीको विवरण लिएर जनगणना सुरु

सुर्खेत । कर्णाली प्रदेशमा मुख्यमन्त्री जीवनबहादुर शाहीको विवरण भरेर  औं राष्ट्रिय जनगणनाको शुभारम्भ गरिएको छ ।

कर्णाली प्रदेश जनगणना कार्यालय सुर्खेतका प्रमुख पोमनारायण पौडेलसहितको गणकको टोलिले आज मुख्यमन्त्री शाहीको निवासमा गएर उहाँको विवरण संकलन गरेको हो ।

जनगणनाको शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले तथ्याङ्कले नै प्रदेश सरकारलाई योजना बनाउन सजिलो हुने भएकाले सम्पूर्ण कर्णालीबासीलाई जनगणनामा सही विवरण टिपाउन समेत आग्रह गरेका छन् ।

मंसिर ९ गतेसम्म संचालन हुने यस पटकको जनगणनामा ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नारा राखिएको छ । कर्णाली प्रदेशमा जनगणनाका लागि प्रदेशमा दुई हजार दुई सय ३२ गणक र चार सय ८० सुपरिवेक्षक खटाइएको छ ।