फिन्चले एकदिवसीय क्रिकेटबाट सन्यास घोषणा गरे, टी–२० काे कप्तान रहिरहने

काठमाण्डाै । अस्ट्रेलियाका कप्तान एराेन फिन्चले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घाेषणा गरेका छन् । फिन्चले शनिवार एकदिवसीय अन्तर्राष्ट्रियबाट सन्न्यास लिने घोषणा गरेका हुन् ।

न्युजिल्यान्डसँग आइतवार हुने तेस्राे तथा अन्तिम एकदिवसीय फिन्चकाे बिदाइ खेल हुनेछ । ३५ वर्षीय फिन्चकाे याे एक सय ५६ औँ खेल हुनेछ । फिन्चले एकदिवसीय क्रिकेटमा पाँच हजार चार सय एक रन बनाएका छन् । उनी अस्ट्रेलियाका लागि सबैभन्दा धेरै एकदिवसीय शतक बनाउने चाैथाे ब्याटर हुन् । फिन्चले एकदिवसीयमा १७ वटा शतक बनाएका छन् । उनीभन्दा अघि रिकी पाेन्टिङकाे २९ तथा डेभिड वार्नर र मार्क इडवार्ड वागले समान १८/१८ वटा शतक बनाएका छन् ।

अब एराेन फिन्चले आफ्नाे ध्यान यही वर्ष हुने टी–२० विश्व कपमा रहने बताएका छन् । टिमकाे कप्तानी पनि उनले नै गर्नेछन् । फिन्च केही समयमता खेलमा राम्राे रन बनाउन सकिरहेका थिएनन् र यही कारण उनले एकदिवसीय क्रिकेटबाट सन्न्यास लिने बताएका हुन् । फिन्चले आफू केही यादगार एकदिवसीय शृङ्खलाकाे हिस्सा बन्न पाएकाेमा खुसी पनि व्यक्त गरेका छन् ।