गुर्भाकोटमा तीन वटा वडाको मतगणना सम्पन्न : २ वटामा एमाले र १ वटामा काँग्रेस विजयी


सुर्खेत । गुर्भाकोट नगरपालिकामा तीन वडामा मतगणना सम्पन्न भएको छ । १४ वटा वडा रहेको उक्त नगरपालिकामा हालसम्म तीन वटा वडाको मतगणना सम्पन्न भएको हो ।

निर्वाचन अधिकृत तुलसा भण्डारीका अनुसार हालसम्म तीन मध्य दुई वटा वडामा एमालेले जितेको छ भने १ वटा वडामा नेपाली काँग्रेसले जितेको छ।

वडा न १ को वडा अध्यक्षमा नेकपा एमालेका राम बहादुर शाहीले ६८३ मत ल्याएर विजयी भएका छन् ।  वडा नं १४ को वडा अध्यक्षमा एमालेका चन्द्र बहादुर घर्तीले ७३६ मत ल्याएर विजयी भएका छन् ।

यस्तै वडा न. १३ को वडा अध्यक्षमा नेपाली काँग्रेस मधु गुरुङले एक हजार २८६ मत ल्याएर विजयी भएका हुन् ।