कर्णालीका दुई मन्त्रीले दिए राजीनामा

सुर्खेत । कर्णालीका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् । आर्थिक मामीला तथा योजना मन्त्री बिन्दमान बिष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले आज पदबाट राजिनामा दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निजि सचिवालयले जानकारी दिएको छ ।

मन्त्रीहरुको राजीनामा समेत स्विकृती भइसकेको सचिवालले बताएको छ ।