जिम्बावेविरुद्ध अष्ट्रेलियाको सहज जित

काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले पाहुना टोली जिम्बावेलाई पहिलो एकदिवसीय अन्तराष्ट्रियमा पराजित गरेको छ । टाउन्सभिल्लीमा आईतबार भएको खेलमा अष्ट्रेलियाले जिम्बावेलाई ५ विकेटले पराजित गरेको हो ।

जितसँगै तीन खेलको एकदिवसीय सिरिजमा अष्ट्रेलियाले १-० को अग्रता लिएको छ । पाहुना टोलीले दिएको २ सय १ रनको लक्ष्य ३३ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । उसका लागि डेविड वार्नरले ५७ रनको अर्धशतकीय इनिङ खेले । स्टिभ स्मिथ र ग्लेन म्याक्सवेलले अविजित रहदै क्रमश ४८ तथा ३२ रन बनाए ।

मार्कस स्टोईनसले १९ तथा कप्तान आरोन फिन्चले १५ रन बनाए । एलेक्स केरीले १० तथा मिचेल मार्सले २ रन बनाए । भ्रमणकारी टोलीका लागि रायन वर्लले ३ तथा रिचार्ड नगर्भा र सिकन्दर राजाले १/१ विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको पाहुना टोलीले ४७ ओभर ३ बलमा अलआउट हुदै २ सय रन बनायो । उसका लागि विस्लि माधिभेरीले ७२ रनको अर्धशतकीय इनिङ खेले । टाडिवान्सि मरुमानीले ४५ तथा कप्तान रिगिस चाकाभाबाले ३१ रन बनाए ।

ईनोसेन्ट काईले १७ तथा टोनी मुयोङ्गाले ७ रन बनाए । सिकन्दर राजा र ब्राड इभान्सले ५/५ तथा लुक जोंग्वेले ३ रन बनाए । घरेलु टोलीका लागि क्यामरुन ग्रिनले ५ तथा एडम जाम्पाले ३ विकेट लिए । मिचेल स्ट्रार्क र मिचेल मार्सले १/१ विकेट लिए ।

दुईबीच दोस्रो एकदिवसीय खेल बुधबार हुनेछ ।