बीबीएलको ड्राफ्ट आज

काठमाडौं । अष्ट्रेलियाको फ्रेन्चाईज क्रिकेट प्रतियोगिता बिग बास लिग (बीबीएल) को १२ औं संस्करणको खेलाडी ड्राफ्ट आज आईतबार हुँदैछ । बीबीएलको इतिहासमै पहिलो पटक हुन लागेको खेलाडी ड्राफ्ट नेपाली समयअनुसार दिउँसो २:१५ मा हुनेछ ।

बीबीएलको ड्राफ्टमा नेपालका कप्तान सन्दीप लामिछाने तथा राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य सुवास खकुरेल रहेका छन् ।

कप्तान लामिछानेले पछिल्ला चार संस्करण बीबीएलमा बिताएका छन् । उनले ४३ बीबीएल खेलमा ४८ विकेट लिएका छन् । बीबीएलको राम्रो अनुभव भएका लामिछाने यस पटक पनि कुनै टोलीमा अनुबन्ध हुने सम्भावना प्रचुर रहेको छ ।

दुई संस्करण मेलवर्न स्टारमा बिताएका सन्दीप दुई संस्करण होबार्ट हरिकेन्समा आबद्ध रहेका थिए । उनले पछिल्लो संस्करण होबार्टमा बिताएका थिए । बीबीएलको आगामी सिजन डिसेम्बरबाट फेब्रुअरीसम्म आयोजना हुनेछ। बीबीएलको ईतिहासमा नै खेलाडी ड्राफ्ट पहिलो पटक हुदैछ।