डोल्पामा एक पुरुषको शव फेला

सुर्खेत । डोल्पा जिल्लाको काईके गाउँपालिका नावरपानी जङ्गलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । उनी भदौ ५ गते विहान नावरपानी समुदायिक वनमा फेला परेको हो । मृत्यु हुनेमा डोल्पा जिल्ला त्रिपुरासुन्दरी नगरपालिका ५ लाह बस्ने छविलााल झाक्रीका वर्ष ३५ का प्रेम झाक्री रहेका छन् ।

प्रेम झाक्री केहि दिन देखि कामको सिलसिलामा डोल्पा जिल्लाको काईके गाउँपालिका व.डा.न ५ को यरियामा गएका थिए । ७ गते विहान नावरपानीमा उनी मृत फेला परेपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । प्रहरीद्धारा आवश्यक अनुसन्धान भैरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।