चीनले नेपाली सेनालाई ३ लाख डोज खोप दियो

काठमाडौं । चीनले नेपाली सेनालाई ३ लाख डोज कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको छ ।

चिनियाँ जनमुक्ति सेनाको तर्फबाट नेपाली सेनालाई प्रदान गरिएको खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी हुन । खोपसँगै १० वटा भेन्टिलेटर र एक सय वटा अक्सिजन कन्सन्ट्रेटर पनि नेपाली सेनालाई हस्तान्तरण गरिएको छ ।

नेपाली सेनाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस किसिमको सहयोगले दुई देशबीचका सेनाको सम्बन्ध थप मजबुद हुने विश्वास लिइएको जनाएको छ ।