राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको आज १४६औँ जन्मजयन्ती मनाइँदै

काठमाण्डाै । राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको आज १ सय ४६औँ जन्मजयन्ती मनाइँदैछ । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागले जयपृथ्वीबहादुर सिंह र मानवतावाद विषयमा विचार गोष्ठीको आयोजना गरेको छ ।

सरकारले गएको असार ६ गते जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु चिनाउन सिंहको योगदान छ । उहाँले लेखेको अक्षराङ्क शिक्षा नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ ।

सिंहले अक्षरमाला, पदार्थ तत्व विवेक, बालबोध–भाग १, जापानको इतिहास, शारीरिक शिक्षा दर्पण, तथा श्रेस्ता दर्पण भाग १ र २, बालबोध, प्राकृत व्याकरण, भूगोलविद्या, जस्ता पुस्तक पनि लेख्नुभएको छ । १९३४ साल भदौ ७ मा बझाङमा जन्मिएका सिंहको १९९७ साल असोज १ गते निधन भएको थियो ।