जिम्बावेमाथी भारतको सहज जित

काठमाडौं । जिम्बावेविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा पाहुना टोली भारतले जित निकालेको छ । हरारेमा बिहीबार भएको खेलमा भारतले घरेलु टोलीलाई १० विकेटको फराकिलो अन्तरले हराएको हो ।

यस जितसँगै पाहुना  टोलीले ३ खेलको एकदिवसीय सिरिजमा १-० को अग्रता लिएको छ । घरेलु टोलीले दिएको १ सय ९० रनको लक्ष्य पाहुना टोलीले ३० ओभर ५ बलमा बिना विकेटको क्षतीमा पूरा गर्यो ।

उसका लागि शिखर धवन र शुभमन गिल दुबैले अविजित रहदै ८१ र ८२ रन बनाए । त्यस अघि पहिले ब्याटिङ गरेको जिम्बाबेले ४० ओभर ३ बलमा अलआउट हुनु अघि १ सय ८९ रन बनाएको थियो ।

उसका लागि कप्तान रिगिस चाकाभाले ३५ तथा रिचार्ड नगाभाले ३४ रन बनाए । ब्राण्ड इभान्सले अविजित ३३ तथा लुन्की जोन्गावले १३ रन बनाए ।

पाहुना टोलीका लागि  दीपक चाहर,प्रसिद्ध कृष्णा तथा अक्षर पटेलले समान ३/३ तथा मोहम्मद सिराजले १ विकेट लिए। दुई टोलीबीचको तेस्रो एकदिवसीय खेल शनिबार हुनेछ ।