नेकपा एकीकृत समाजवादीको विदेश विभाग प्रमुखमा  खनाल

काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) को विदेश विभाग प्रमुखमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चयन भएका छन् । पार्टीका उपमहासचिव गङ्गालाल तुलाधरका अनुसार ११ सदस्यीय विदेश विभाग गठन गरिएको छ । विभागको उपप्रमुखमा प्रमेश हमाललाई जिम्मा दिइएको छ ।

यस्तै डा. वेदुराम भुसाल प्रमुख संयोजकत्वमा सङ्गठन विभाग गठन गरिएको छ । विभागको उपप्रमुखमा प्रकाश ज्वाला रहेका छन् । सदस्यमा अशोक कोइराला र बलदेव चौधरी हुनुहुन्छ ।

यस्तै शिक्षा विभागको प्रमुखमा गङ्गालाल तुलाधर र लक्ष्मण केसी उपप्रमुख रहेका छन् । पार्टीले विपद् व्यवस्थापन विभाग पनि गठन गरेको छ । विभागमा नेता तुलाधर नै प्रमुख रहेका छन् । गोविन्द कोइराला प्रमुख रहेको सहकारी विभागको उपप्रमुखमा टेकप्रसाद चौलागाईं रहेका छन् ।

पार्टीमा आउन चाहिरहेका विभिन्न राजनीतिक समूह र व्यक्तिसँग वार्ता गर्न महासचिव डा. वेदुराम भुसालको संयोजकत्वमा उपमहासचिव डा. तुलाधर र डा. विजयकुमार पौडेल सदस्य रहेको वार्ता टोली गठन गरिएको छ ।

यही कात्तिक २७ र २८ गते काठमाण्डौमा केन्द्रीय कमिटीको दोस्रो बैठक बोलाइएको छ ।