सन्दीप लामिछाने आईएल टी-२० का मार्की खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने इन्टरनेनल लिग (आईएल) टी–२० क्रिकेट खेल्ने निश्चत भएको छ।

इमिरेट्स क्रिकेट बोर्डको आयोजनामा हुने लागेको फ्रेन्चाइल लिगमा विश्वका स्टार खेलाडीसँगै नेपाली लेग स्पिनर सन्दीप पनि मार्की खेलाडीका रूपमा अनुबन्ध भएका हुन्।

बोर्डले सोमबार विज्ञप्ति निकालेर विश्वका चर्चित खेलाडी आन्द्रे रसेल, मोइन अली, सुनिल नारिन, क्रिस लिन, कोलिन मनरो, वानिन्दु हसरंगासहित सन्दीप लामिछाने अन्तर्राष्ट्रिय खेलाडीले पहिलो संस्करणमा मार्की खेलाडीको रूपमा सम्झौता गरेको जनाएको छ।

यो लिग सन् २०२३ जनवरीमा हुनेछ, जसमा ६ वटा फ्रेन्चाइज टोलीबीच प्रतिस्पर्धा हुनेछ।

यो लिगका लागि आईपीएल फ्रेन्चाइज कोलकता नाइट राइडर्सले टिम किनेको छ।

आईएल लिगमा हरेक टिममा १८ खेलाडी हुनेछन्, जसमा यूएईका चार र अन्य एसोसिएट राष्ट्रका दुई खेलाडी रहनेछन्। बाँकी अन्तर्राष्ट्रिय खेलाडीको नाम छिटै सार्वजिनक गर्ने इमिरेट्स क्रिकेट बोर्डले जनाएको छ।