अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै


सुर्खेत । अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आउँदैछन् । नुल्यान्ड नेपालमा आज र भोलि गरी दुई दिन रहेने बताइएको छ ।

नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । यो भ्रमणका क्रममा नयाँ सरकारसँग अमेरिका र नेपालबीचको साझेदारीका बृहत् एजेन्डामा छलफल गर्ने तयारी छ । नुल्यान्डको नेपाल भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

नेपालमा रहेको अमेरिकी राजदूतावासले दिएको जानकारी अनुसार भ्रमणका क्रममा उनले नेपालका उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेटघाट गर्नेछन् ।