यस्तो छ फिल्म झिँगेदाउको नयाँ गीत

काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’ को गीत ‘ईश्वरसँग पनि’ सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द रहेको गीतमा कमल खत्री र अस्मिता अधिकारीको स्वर छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा भने अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता मुकुन भुषाल, कुशल विष्ट र हिँउवाला गौतमलाई देख्न सकिन्छ । फिल्ममा केकी र आँचल देउरानी जेठानीको भूमिकामा देखिँदैछन् ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको फिल्ममा संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषालको समेत अभिनय छ । भिमनिधि तिवारीद्वारा लिखित ‘झिँगेदाउ’ को पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । बिष्णु कल्पितको छायाङ्कन रहेको फिल्मको सम्पादन मित्र डि गुरुङले गरेका छन् ।

सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्मको सह–निर्मातामा सुशील दाहाल र ईश्वर घिमिरे हुन् । फिल्मको प्रदर्शन मिति १७ भदौ तोकिएको छ ।