४८ लागिन् काजोल, १६ वर्षमा गरेकी थिइन् बलिउड डेब्यु

काठमाडौं । अभिनेत्री काजोल आज शुक्रबार आफ्नो ४८ औं जन्मदिन सेलिब्रेसन गर्दैछिन् । ५ अगस्ट १९७४ मा जन्मिएकी काजोल विगत ३० वर्षदेखि फिल्म अभिनयमा सक्रिय छिन् ।


अभिनयको बलमा बलिउडमा आफ्नो अलग्गै पहिचान कायम गर्न सफल उनी दिग्गज अभिनेत्री तनुजा र स्वर्गीय निर्माता–निर्देशक शोमु मुखर्जीकी छोरी हुन् । फिल्मी वातावरणमा हुर्केकी काजोलले १६ वर्षमा बलिउडमा डेब्यू गरेकी थिइन् ।

‘दिल वाले दुल्हनिया ले जायेंगे’ बाट हिट

काजोलले सन् १९९२ मा फिल्म ‘बेखुदी’ बाट बलिउड डेब्यु गरेकी हुन् । तर यो फिल्मले बक्स अफिसमा खासै कमाइ गर्न सकेन । तर काजोलको अभिनयको सबैले तारिफ गरेका थिए । त्यतिबेला काजोल १६ वर्षकी थिइन् । उनले आफ्नो पढाइ छाडेर फिल्ममा काम गरेकी थिइन् । सन् १९९३ मा काजोल शाहरुख खान र शिल्पा शेट्टीसँग फिल्म ‘बाजीगर’मा देखिइन् । यो फिल्मपछि उनको लोकप्रियता बढ्दै गयो र उनी धेरै उत्कृष्ट फिल्ममा देखिइन् । उनको फिल्म ‘दिल वाले दुल्हनिया ले जायेंगे’ ले ठूलो सफलता हात पार्यो ।

अजयदेवगनसँग प्रेम र विवाह

काजोल र अजय देवगनको भेट फिल्म ‘हलचल’ को सेटमा भएको थियो । सुरुमा काजोललाई अजय मनपर्दैन थियो । तर पछि भेट बाक्लिदै जाँदा मनपर्न थाल्यो । काजोलका बुबा शोमु मुखर्जी पनि काजोल अजय देवगनसँग विवाह गरुन् भन्ने चाँहथे । काजोलले २४ वर्षको उमेरमा बिहे गर्नुको सट्टा आफ्नो करियरमा ध्यान दिनुपर्ने शोमुको इच्छा थियो । यस्तो अवस्थामा उनले काजोलसँग ४ दिनसम्म कुरा गरेनन् । तर काजोल अजयसँग बिहे गर्न चाँहन्थिन् । तनुजा र अजय देवगनका आमाबाबुले पहिले नै सहमति जनाइसकेका थिए । दुवैले सानो समारोहमा विवाह गरे । काजोल र अजयको एक छोरी न्यासा र छोरा युग छन् ।

धेरै धन

काजोलसँग अहिले करोडौंको सम्पत्ति छ । मिडिया रिपोर्टका अनुसार काजोल २४ मिलियन डलर अर्थात् १८० करोड भारु को मालिक हुन् । काजोलले एक महिनामा कम्तिमा एक करोड कमाउँछिन् । यसरी उनको वार्षिक आम्दानी १२ करोड हुन्छ । काजोलका दुईवटा विलासी फ्ल्याट पनि छन् । उनले चलचित्र र विज्ञापनबाट पनि मनग्य कमाउ छिन् ।