‘प्रेमगीत ३’ को हिन्दी टिजर सार्वजनिक

काठमाडौं । फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणको टिजर ट्रेलर रिलिज भएको छ । टिजरमा प्रेम र रोमान्सका दृश्यभन्दा द्वन्द्वलाई प्राथमिकता दिएको छ ।


टिजरमा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा आदि अटाएका छन् । छेतेन गुरुङ र सन्तोष सेन निर्देशित फिल्म नेपाल र भारतमा असोज ७ गते रिलिज तयारी छ ।

हिन्दीमा डबिङ गरेर भारतीय हलमा पनि प्रदर्शन गर्न लागिएको चलचित्रको ट्रेलर ५ दिनपछि सार्वजनिक हुने निर्माता तथा निर्देशक सेन​ले जानकारी दिए ।