आउँदो २ वर्षपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट बाहिरिने रुसको घोषणा

रुसले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएसबाट बाहिर निस्कने घोषणा गरेको छ । रुसले सन् २०२४ पछि आफू अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएसबाट बाहिरिने घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

सन् २०२४ सम्म भने आफ्नै अन्तरिक्ष स्टेशन आर्बिटल सेग्मेन्ट आरओएसको निर्माण र सञ्चालनको लागि रुसले आईएसएस अन्तर्गत रहेर काम गर्नेछ । रुसको अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसका प्रमुख दिमित्री रोगोजिनले आईएसएसबाट आफ्नो देश बाहिर निस्कने र अन्तरिक्षमै रुसी आर्विटल सेग्मेन्ट आरओएस निर्माण गर्ने बताउनुभएको खबरमा उल्लेख छ ।

रुस सन् १९९८ मा आईएसएसमा सामेल भएको थियो । रुसले यसअघि सन् २०१५ मा नै सन् २०२४ पछि अन्तरिक्ष स्टेशन सञ्चालन गर्ने घोषणा गरिसकेको थियो ।