संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेस आज भारत आउँदै

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस दुई दिने औपचारिक भ्रमणका क्रममा आज भारत आउँदै छन् ।

SG gives press con

सन् २०२२ को जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गरेयता उनको यो पहिलो भारत भ्रमण हो । गुटेरेसले मुम्बईमा ुसंयुक्त राष्ट्र सङ्घ–भारत साझेदारी, दक्षिण–दक्षिण सहयोगको सुदृढीकरण’ विषयमा सार्वजनिक सम्बोधन गर्नेछन् । उनी बिहीवारसम्म भारतमा रहनेछन् ।

बिहीवार गुजरातमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग वातावरण सुरक्षाका लागि जीवनशैली पुस्तिका, लोगो र ट्यागलाइनको विमोचन समारोहमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयलाई उद्धृत गरी समाचार संस्था एएनआईले जनाएको छ ।

सन् २०२१ को नोभेम्बरमा ग्लास्गोमा भएको कोप–२६ मा भारतीय प्रधानमन्त्रीले वातावरण संरक्षणका लागि जीवनशैली पुस्तिकाको अवधारणा अघि सारेका थिए । गुटेरेसले यसअघि पहिलो कार्यकालमा सन् २०१८ को अक्टोबरमा भारतको भ्रमण गरेका थिए ।